एघारौ राष्ट्रिय कर दिवस २०७९ को अवसरमा रुकुम पश्चिम जिल्लाबाट एक व्यवसायी उत्कृष्ट करदाताको रुपमा सम्मानित हुनुभएको छ । रुकुम पश्चिम मुसिकोटमा न्यु देवकोटा हार्डवयर एन्ड सप्लार्यसका संचालक मित्रलाल बोहोरालाई सल्यान जिल्लामा भएको एक कार्यक्रमका बिच कदर पत्र द्धारा सम्मान गरिएको हो ।

करदाता कार्यलय सल्यानमा भएको एक औपचारिक कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उक्त कार्यलयको कार्यक्षेत्र अन्तर्गत दर्ता गरि व्यवसाय संचालन गरेका करदाताहरु मध्य बोहरा उत्कृष्ट करदाताको रुपमा सम्मानित भहुनुभएको हो ।