रुकुम पुर्व: लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा रुकुम पुर्वको सिस्ने गाउँपालिका ७ मा लोक गित तथा लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय र वडाको आयोजनामा वडा कार्यालय भवन सानचौरमा प्रतियोगिता सम्पन्न भएको हो ।

महिला माथी हुने सबै खाले हिंसा न्यूनीकरण गर्न प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष सशिधर बुढाले जानकारी दिए । महिलामा रहेका प्रतिभालाई प्रस्फुटन गर्न र हिंसा अन्त्यका लागि चेतना फैलाउनु कार्यक्रमको अर्को उदेश्य रहेको बुढाले बताए ।

प्रतियोगितामा ७ नम्बर वडाका विभिन्न टोलका महिला समुह र बालिकाले सहभागिता जनाएका थिए । लोक गित प्रतियोगिता नाथिगार महिला समूह प्रथम, लालिगुरास महिला समूह ए दोस्रो, लालिगुराँस महिला बि गोठिचौर तेस्रो र जनजाति कृषक महिला समूह नाथिगार सान्त्वना भएको छ ।                                                                                                       नृत्य आइडल प्रतियोगितामा कल्पना विक प्रथम भएकि छिन । यस्तै रितु बुढाको समूह दोस्रो हुदा निशा कुवरको समूह तेस्रो र सबिता पुनको समूह सान्त्वना भएको छ ।

प्रतियोगितामा स्थान हासिल गर्ने ब्यक्ती तथा समुहलाइ नगद र प्रमाणपत्र प्रदान गरिएको वडा सचीव नरेश कुमार ओलीले जानकारी दिएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले लिङ्गका आधारमा हुने सबै खाले हिंसा न्यूनीकरण गर्न यस कार्यक्रमले सहयोग पुर्याउने बताए ।

शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा महिला माथी हिंसा हुने गर्छन् । रेउलेले भन्ने
यस्ता हिंसालाई अन्त्य गर्न १६ दिने अभियानका क्रममा सञ्चालन हुने जनचेतनामूलक कार्यक्रमले सहयोग गर्नेछन् ।

प्रतियोगितालाई मनोरञ्जनको रूपमा मात्र नबुझी महिला माथी हुने हिंसा विरुद्धको अभियानको रुपमा बुझ्न आग्रह गरे ।

वडा अध्यक्ष सशिधर बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेउलेको प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहालको बिशेष उपस्तिथि रहेको थियो ।

यस्तै सिस्ने गाउँपालिकाका सहायक महिला विकास निरिक्षक सुनिता खड्का, वडाका सदस्य, गाउँपालिका तथा वडाका कर्मचारी, आधारभूत विद्यालय सान्चौरका शिक्षक, विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा सचिब नरेश कुमार ओलीले गरेका थिए ।