रुकुम पुर्व: नेपाल पत्रकार महासंघ रुकुम पुर्व शाखाको अध्यक्षमा मैत्या घर्ती निर्वाचित भएका छन । जिल्ला सदरमुकाम रुकुमकोटमा बिहिवार भएको प्रथम ऎतिहासिक अधिवेशनले घर्तीलाई अध्यक्ष बनाएको हो । उनी प्रेस सेन्टरका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन ।
घर्तीको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरिएको छ । सबै सदस्य सर्वसहमत चयन भएका छन । अध्यक्षमा प्रेस सेन्टरका घर्ती चयन हुँदा प्रेस चौतारीका महेश केसी उपाध्यक्ष भएका छन ।
उपाध्यक्षमा प्रेस सेन्टरकी सर्जना कार्की चयन भएकी छिन । प्रेस सेन्टरकै जितेन्द्र बुढाथोकी सचीव तथा मदन बिसी र बिक्रम परियार सहसचिवमा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी कोषाध्यमा प्रेस युनियनका चेतकुमार बिसी चयन भए । अन्य सदस्यमा प्रेस सेन्टरका ४ र युनियनका २ जनालाई समावेश गरि १३ सदस्य कार्यसमिति बनाइएको छ ।