रुकुम(पूर्व) मा हात्तिपाइले रोग निवारण सम्बन्धि “हात्तिपाइले सर्वेक्षण तेस्रो चरणको” त्ब्क् ӏӏӏ कगचखभथ जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोथि जातको लामखुट्टेले टोकेपछि संक्रमण हुने हात्तीपाइले रोगको सर्वेक्षण यस जिल्लामा विभिन्न चरणमा हुँदै आएको छ ।
रुकुम(पूर्व) मा हात्तिपाइले रोग छ की छैन् भनेर सुरुमा चेकजाँच गरिएको थियो । जेकजाँच गरिएका मध्येमा २ प्रतिशतभन्दा कममा हात्तिपाइलेको संक्रमण देखिएपछि निरन्तर ६ वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइएको थियो । त्यपछि दोस्रो चरण प्री टास अवधी, यस अवधिमा दुई वर्ष औषधी खुवाइएको थियो । त्यससपछि बल्ल टास वानको काम सुरु भएको थियो । टास वानमा भने कक्षा १ र २ मा पढ्नो विद्यार्थीमा हात्तिपाइलेको संक्रमण छ या छैन भनी चेकजाँच गरिएको थियो । त्यसमा पनि दुई प्रतिशतभन्दा कममा संक्रमण देखिएपछि टास टु हुँदै टास थ्री सुरु भएको थियो ।
मंगलबार सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित बिएलबी होटेलमा भएको अभिमुखीकरण कार्यक्रममा हात्तीपाइले भनेको के हो ?, विश्वमा हात्तिपाइले रोगको अवस्था, नेपालमा हात्तिपाइले रोगको अवस्थाको बारेमा जानकारी गराइएको थियो । यस्तै नेपालमा हात्तिपाइले रोग निवारणका लक्ष र रणनितीहरु, आम औषधी सेवन अभियानको अनुगमण तथा मुल्याङ्कन लगाएतको बारेमा जानकारी गराइएको छ । अभिमुखीकरण कार्यक्रमको सहजिकरण वरिष्ठ मलेरिया इनिस्पेक्टर कमल चन्दले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा मकवानपुर तथा स्वास्थ्य कार्यालय रुकुम(पूर्व) को आयोजनामा सञ्चालन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, रुकुम(पूर्व) अस्पताल र सिस्ने गाउँपालिकाका स्वास्थ्यकर्मी लगाएतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसीयन निरीक्षक निमप्रसाद गिरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक श्याम चौधरीले गर्नुभएको थियो ।