
रुकुम(पूर्व) सिस्ने गाउँपालिकाको ११ औ गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलबार सिस्ने गाउँपालिका ६ छिप्रीदहस्थित होटेल कन्ट्रि भिल्लामा अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य निति निर्माणको निम्ती विषयगत समिति सामाजिक विकासलाइ प्रारम्भिक मस्यौदा निर्माणको कार्य जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको छ । सिस्ने गाउपालिकाको खानेपानी तथा सरसफाइ व्यवस्थापनको लागी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन सामाजिक विकास विषयगत समितिमा थप छलफल गरी पारित गर्ने निर्णय गरेको छ । यस्तै गाउपालिकाको स्थानीय स्वास्थ्य क्षेत्र सवलिकरण र सुधारको लागी विस्तृत सम्भाव्यता अध्ययन गर्न पुजिगत अनुसन्धान तथा परामर्श शिर्षकबाट १० लाख रुपैया खर्च गर्ने निर्णय गरिएको छ ।
त्यस्तै सुरक्षित आवास कार्यप्रमको लागी प्रत्यक वडाले निवेदन संकलन गरी प्रथामिकता समेत निर्धारण गरी कार्यक्रम बगाडी बढाउने निर्णय गरिएको छ । पालिकाको वडा नम्बर ४ र ५ मा लामो समयदेखी कर्मचारी बिहिन भैइ सेवा प्रवाह तथा कार्य सन्चालनमा समस्या भएकोले सेवा प्रवाहमा सहजता ल्याउन प्रशासन सहायक नियुक्ती गर्ने निर्णय गरिएको छ । वडाँ नम्बर १ को भटेचौर स्वास्थ्य चौकीमा भौगलिक बिकटताका कारण कर्मचारीको अभाव भइरहने तथा स्वास्थ्य सेवा जस्तो आधारभुत सेवा प्रवाहको लागी एकजना अनमी तथा अहेब सरहको स्वास्थ्य कर्मी करार नियुक्त गर्ने निर्णय गरिएको छ ।
रुकुमकोटमा रहेको हेलिप्याडलाइ रात्रीकालिन समयमा पनी सन्चालन गर्नको लागी सुरक्षा व्यवस्थापन शिर्षकबाट लाइट जडान गर्ने निर्णय गरिएको छ । मस्ट सगित सग्राहलय तथा ट्रेनिङ् सेन्टरमा बाजा गाजा खरिद गर्नको लागी आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय भएको छ । वडा नम्बर ६ मा खानेपानी व्यवस्थापनको लागी गत आर्थिक वर्षमा कार्य सम्पन्न भैसकेकोले बाकी बिल भुक्तानी बिल कागजात तथा प्राविधिक मुल्याकनका आधारमा भुत्तानी गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष गोपाल रेउले प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाह, प्रशासकीय अधिकृत चिन्तामणी दहाल लगाएत कार्यपालिका सदस्यहरुको उपस्थित रहैको थियो ।