रुकुम(पूर्व) मा सुन्तलाको जुस उत्पादन गर्न समिति निर्माण गरिएको छ । सिस्ने गाउँपालिकाको ७ र ८ मा उत्पादित सुन्तलाबाट जुस तयार पारी बजारमा लैजानको लागि तारकबहादुर बुुढाको अध्यक्षतामा ७ सदस्यीय समिति निर्माण गरिएको छ ।

जसको उपाध्यक्षमा विर्खबहादुर बुुढा, सचिवमा जेनिसा सुनार, सहसचिवमा गनेश रावल, कोषाध्यक्षमा इन्द्रबहादुर खत्री र सदस्यमा राजकुमार कुवंर, तिर्था कुमारी बुढा रहनुभएको छ । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले सिस्ने ७ र ८ का नागरिकलाई सुन्तलाको जुस बनाउने तालिम प्रदान गरेपछि त्यहि जुसलाई लेबलीङ र एकीकृत रुपमा बजारसम्म पुर्याउन समिति निर्माण गरिएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले सजानकारी दिनुभयो ।

एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले यो समितिलाई जुस बनाउने सामाग्री पनि हस्तान्त्रण गरिएको छ । समुहलाई एउटा ठुलो मेसिन र दुई वटा हाते मेसिन हस्तान्त्रण गरिएको छ । जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, उपाध्यक्ष गोपाल रेउलेले समितिलाई मेसिन हस्तान्त्रण गर्नुभएको हो ।