रुकुम(पूर्व) को भूमे गाउँपालिकाक वडा नं २ सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ ।

पालिकामा रहेको पानीको गुणस्तर परीक्षण टोलीले निरन्तर गरेको जाँचका आधारमा पानीमा इकोली तथा कोलिफर्मजस्ता कीटाणु नपाइएकाले उक्त क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

‘एक घर, एक धारा’ रहेको वडाको कात्नेखोलामा करिब ६५ घरधुरीले प्रयोग गर्ने पानीमा कुनै कीटाणु नपाइएपछि सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको हो । यो क्षेत्र मे गाउँपालिकाको पहिलो सुरक्षित खानेपानीयुक्त वडा बनेको छ ।

रुक्मेली समाज विकास केन्द्रको प्राविधिक र संयुक्तm राष्ट्रसंघिय बालकोष (युनिसेफ) को आर्थिक सहयोगमा कात्नेखोलालाई सुरक्षित खानेपानीयुक्त घोषणा गरिएको हो ।