रुकुम पुर्व: सिस्ने गाउँपालिकाले विकास निर्माणका योजना अनुगमनलाई तीब्र पारेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा काम सुरु भइ निर्माण सम्पन्न भएका योजनाको अनुगमन गरेको हो । शुक्रबार गाउँपालिकाले वडा नम्बर ५ का दुई ग्रामीण सडकको अनुगमन गरेको छ ।                                                             

धाउने औलावाङ ग्रामीण कृषि सडक र दुदिल्लागैरा ग्रामीण कृषि सडकको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, वडा अध्यक्ष बिरेन्द्र बस्नेत, प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाह, अधिकृत आठौ चिन्तामणी दाहाल, इन्जिनियर कर्ण केसी र करण खड्का लगायतले अनुगमन गरेका हुन ।                                                                                 

निर्माण सम्पन्न भएका योजनाहरुको काम सन्तोषजनक रहेको अध्यक्ष कृष्ण रेग्मीले बताए । यी दुबै आयोजना उपभोक्ता समिति मार्फत सम्पन्न भएका हुन । गाउँ बस्तिको दिगो विकासका लागि स्थानीय सक्रिय हुन आवश्यक रहेको रेग्मीले बताए ।

स्थानीय सरकारको बजेटबाट औलाबाङमा एक किलोमिटर र दुदिलागैरामा पाँच सय मिटर भन्दा बढि सडक खनिएको छ । नागरिकका मागलाई ध्यानमा राखी नयाँ सडक खनिएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन ।

यी दुई सडकको शुक्रवार गाउँपालिका अध्यक्ष रेग्मीले एक कार्यक्रमको आयोजना गरि उदघाटन गरेका हुन । आयोजना अनुगमन टोलिले धाउने तटबन्ध, रुकुमकोट चुन्वाङ सडक खण्ड र अन्य विकास निर्माणका आयोजनाको समेत अनुगमन गरेको छ ।             

अनुगमनका क्रममा अध्यक्ष रेग्मीले प्राबिधिक स्टमेट अनुसार काम गर्न निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई निर्देशन दिएका छन । उनले भन्ने गाउँपालिकामा निर्माण हुने सबै आयोजना गुणस्तरीय र विश्वसनीय हुनुपर्छ ।