रुकुम(पूर्व) सिस्ने गाउँपालिकाको हिउदे अधिवेशन सुरु भएको छ । आज पौष २७ गतेका दिन गाउँपालिकाको नयाँ प्रशासनिक भवनको हलमा गाउँ सभाको १२ औ अधिवेशन सुरु भएको हो । आजबाट सुरु भएको अधिवेशन यहि पौष २९ गतेसम्म चल्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले सभा सुभारम्भ गर्नुभएसँगै उपाध्यक्ष गोपाल रेउलेले स्वास्थ्य नीति पेश गर्नुभएको छ । उपाध्यक्ष रेउलेले न्यायिक समितिको प्रतिवेदन पनि पेश गर्नुभयो ।

गाउँपालिका अध्यक्ष रेग्मिले गाउँसभाका समिति गठन सम्बन्धि जानकारी गराउनुभएको थियो । गाउँसभाको छलफलबाट विद्यालय समिति, लेखा समिति र योजना तथा सुशासन समिति गठनको लागि सहमती प्रदान गरिने छ । यस्तै २०७९÷८० मा संशोधित नयाँ कार्यक्रम र पुराना कार्यक्रम पेश गर्नुभएको छ ।

सभामा आज पेश गरिएका नीति, संशोधित नयाँ पुराना कार्यक्रम र समिति गठनको लागि सहमती प्रदान गर्ने कार्य २९ गते हुने गाउँपालिका अध्यक्ष रेग्मिले बताउनुभयो । गाउँसभा २९ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।