स्थापना दिवसको अवसर पारी सशस्त्र प्रहरीले रुकुम(पूर्व) को विभिन्न ठाउँमा साताव्यापी सरसफाई अभियान सञ्चालन गरिरहेको छ । २२ औ सशस्त्र प्रहरी बल नेपाल र ५ औ सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम(पूर्व) को स्थापना दिवसको अवसर पारेर यहि माघ ४ गतेबाट रुकुमकोटको विभिन्न ठाउँमा सरसफाई अभियान सञ्चालन भइरहेको छ ।

४ गते सिस्ने गाउँपालिका ५ स्थित कमलदहबाट सुरु भएको सरसफाई अभियान ५ गते चतुर्भुज ब्राहजीको मन्दिर, ६ गते बसपार्क सरसफाई, ७ गते लुस्पा धारा सरसफाई गर्दै आज ८ गते राधे राधेको मन्दिर सरसफाई गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम(पूर्व) का प्रहरी निरीक्षक सत्य कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार माघ ९ गते ऐतिहासिक स्थल कोत घरको सरसफाई गरिने छ । १० गते सिस्ने क्याम्पसको क्षेत्र, ११ गते बिन्दबासिनी मन्दिर सरसफाई गरिने भएको छ । १२ गतेका दिन भने गुल्ममा विविध कार्यक्रम गरि सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्ने प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभएको छ ।