रुकुम(पूर्व) को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गएरातीदेखि हिमपात भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको अधिकांस क्षेत्र तथा भूमे गाउँपालिकाको १ र सिस्ने गाउँपालिकाको १ नम्बर वडामा अहिले हिमपात भइरहेको छ ।
विगतका वर्षमा यो समयमा चौथो, पाँचौ पटकसम्म हिमपात भइसक्थ्यो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम(पूर्व) मा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो । हिमपात भएपछि चिसो निकै बढेको छ । चिसोको कारण जनजिवन कष्टकर बनेको पुथा उत्तरगंगा गाउपालिका १ मैकोटका तेजकुमार गुरुङले जानकारी दिनुभयो ।
जिल्लाको तल्लो क्षेत्रमा पानी परिरहेको छ ।