
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका १ का किसानलाई स्याउको बिरुवा वितरण गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्विकृत कार्यक्रमअन्तर्गत स्याउ÷ओखर पकेट कार्यक्रमबाट डेलिसियस जातको एक हजार २ सय स्याउको बिरुवा वितरण गरिएको हो ।
विरुवा वितरण सँगसँगै ८ र ९ गते खेती प्रविधि सम्बन्धि तालिम पनि सञ्चालन गरिएको छ । भर्खरै यस क्षेत्रमा हिमपात पनि भएको कारण स्याउको बिरुवा रोप्न उपयुक्त भएको किसानले बताएका छन् तालिममा पाथीभरा एकीकृत सहकारी संस्थाका ३० जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । तालिमको सहजिकरण कृषि प्राविधिक शक्ति केसीले गर्नुभएको थियो ।
तालिम कै अवसर पारी सहकारीका सदस्यहरुलाई विरुवा वितरण गरिएको सिस्ने गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।