रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा एकल महिलाहरुको लगि तीन दिने क्षामता विकास तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा आजबाट मानव अधिकारको लागि महिला एकल महिला वडास्तरीय समुह सदस्यहरुको लागि तालिम सुरु गरिएको हो । आफैमा पनि महिलाहरुलाइ अहिलेको समाजमा पछि पारिएको छ । त्यसमा पनि झन एकल महिलालाइ हेर्ने दृष्टिकोण फरक पाउन सकिन्छ ।
समाजमा विभिन्न समस्याहरु झेल्दै अएका तीनै एकल महिलाहरुको नेतृत्व विकासमा जोड दिन कार्यक्रमको अयोजना गरिएको गाउँपालिकाकी महिला तथा बालबालिका शाखाकी सुनिता खड्काले बताउनुभयो । तीन दिनसम्म चल्ने तालिममा लैङ्गिक हिंसाले समाजमा पारेको असर, यसको रोकथाम, कानुनी प्रक्रिया, नेतृत्व विकास र यसका सिपहरू, कार्यक्रम सञ्चालन तथा प्रास्तवना लेखन, लिङ्ग र लैङ्गिक, पृत्तीसतात्मक सोचले पारेको असर, मानसिक समस्याका कारण, व्यवस्थापनका कुरा, सेफ हाउस, ओसिएमसीका कुरा, एकल महिलालाइ कसरी अत्मनिर्भर गराउन सकिन्छ भन्ने भन्ने कुराहरू जानकारी गराउने खड्काले बताउनुभयो ।
तालिमको सहजिकरण सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, सुनिता खड्का, रूक्मेली समाज विकास केन्द्रका प्रेम बहादुर, नेपाल पत्रकार महासंघ रूकुम(पूर्व) की उपाध्यक्ष सर्जना कार्की, सदस्य उर्मीला गॏतमले गर्नुहुने छ ।
तालिम उद्धघाटन कार्यक्रमलाइ सबोधन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले एकल महिलालाइ सिपयुक्त बनाउन सँगै क्षमताको विकास गरि नेतृत्व तहमा पुर्याउनको लागि यो तालिमले सहयोग पुग्ने बताउनुभएको छ । महिलाको सवालमा कानुनमा मात्र हक अधिकार सुनिश्चित भएको यो देशमा महिला र झन एकल महिलालाइ हेर्ने दृष्टिकोण नराम्रो भएको बताउनुभयो । समाजमा विभिन्न समस्या झेल्दै आएका महिलाहरुले अवसर पाएमा केहि गर्न सक्छन है भन्ने खालको उदाहरण दिनेगरी यो तालिमबाट सिप सिक्न अध्यक्ष रेग्मिले तालिममा सहभागिहरुलाइ आग्रह गर्नुभएको छ । यसरी एकल महिलाले तालिमको माध्यामबाट आफ्नो क्षमताको विकास गरी गएको खण्डमा बाकी जिवन सहज हुने अपेक्षा राखेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले कतीपय मानिसहरुलाइ मनमा लागेको कुरा राख्न पनि धक लाग्ने गरेको बताउनुभयो । क्षमता विकासको अभावले गर्दा नै यस्तो खालको समस्या आउने गरेको उहाँको भनाइ छ । आफुलाइ मनमा लागेको कुरा सम्बन्धित ठाउँमा राख्न नसक्दा, गलत कुराहरुको विरुद्धमा आवाज उठाउन नसक्दा महिलाहरु पछि परेको बताउदै उपाध्यक्ष रेउलेले तालिमको भरपुर रुपमा प्रयोग गरी केहि नयाँ कुरा सिक्न र त्यसलाइ जिवनमा लागु गरेर जान आग्रह गर्नुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले हरेक समस्यासँग जुध्न आफुसँग सिप र क्षमता हुनुपर्ने बताउनुभयो । आफुसँग सिप र क्षमता भएको खण्डमा मात्र आफु पनि नेतृत्व तहमा पुग्ने र गलतको विरुद्धमा आवाज उठाउन सकिने बताउनुभयो । हाम्रो समाजले एकल महिलालाइ फरक दृष्टिककोणले हेर्ने गरेको बताउदै गलत दृष्टिकोण र धारणाको विरुद्धमा आवाज उठाउन आफु सक्षम र सवल हुनुपर्ने उहाँको भनाई छ । उहाँले तालिममा सहभागिहरुलाई भरपुर रुपमा तालिमको फाइदा लिन आग्रह गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक गोपाल रेउलेको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, पत्रकारसँगै गाउँपालिका भित्रका ८ वटा वडाबाट पाँच पाँच जना एकल महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महिला विकास निरिक्षक सुनिता खड्काले गर्नुभएको थियो ।