रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले पालिकास्तरीय चौथो राष्ट्रपती रनिङ शिल्ड फागुनमा सञ्चालन गर्ने भएको छ । सिस्ने गाउँपालिकामा आज बसेको स्थानीय तह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले फागुनको ९ गतेदेखि ११ गतेसम्म पालिकास्तरीय चौथो राष्ट्रपती रनिङ शिल्ड सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिल्ड सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माध्यामिक विद्यालयमा सञ्चालन गरिने भएको छ । शिल्डमा छात्र छात्रा कबड्डी, भलिबल, हाइजम्प, लम्जम्प, सटफूट प्रतियोगिता सञ्चालन गरिने छ । यस्तै एथ्लेटिक्सतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटरको दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ । यसैगरी ४x१००, ४x४०० मिटरको रिले दौड प्रतियोगिता सञ्चालन गरिने भएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ ।