रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाको विद्यालय पिटि प्राथना गित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचन गर्नुभएको छ । पुथाउत्तरगंगा गाउँपालिका र सामाजिक मावि रोल्पाको आर्थिक लगानीमा निर्माण गरिएको पिटि प्राथना म्युजिक भिडिओ राष्ट्रिय गित ‘हामी विद्यार्थी हौं’ आज प्रधानमन्त्री प्रचण्डबाट विमोचन भएको हो ।

उक्त भिडिओको छायांकन पुथाउत्तरगङा गाउँ पालिकाको पर्यटकीय स्थल पुथा हिमालय मावि मैकोटमा गरिएको हो । उक्त पिटि प्राथना भिडिओ नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

उक्त पिटि प्राथना गित नितान्त शैक्षिक पक्षसंग जोडिएको हुँदा विधार्थीको सिकाई क्षमता वृद्धि गर्न र विधार्थीहरुको मनोबैज्ञानिक पक्षलाई सकारात्मक तिर लगि सिकाई प्रति उत्प्रेरित गर्ने विश्वास गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभयो । त्यस्तै विधार्थीलाई प्राथना गितले मनोरञ्जन दिई घरका सबै नकारात्मक पक्षलाई त्यागेर दिनभरको सिकाइमा सहजिकरण गर्ने अपेक्षा समेत गरिएको उहाँको भनाई छ ।

उक्त पिटि प्राथना गित नेपालका सबै सामुदायिक तथा शैक्षिक संस्थाहरुमा कार्यान्वयन होस भन्ने मुख्य उद्देश्यले प्रधानमन्त्रीबाट नै विमोचन गरि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सार्वजनिक गर्ने तयारी भइरहेको खड्काले बताउनुभयो । गित विमोचन गरेको भन्दै गाउँपालिका अध्यक्ष पुणिराज घर्ती र उपाध्यक्ष भुपेन्द्रा बुढाले प्रधानमन्त्रीलाई धन्यावाद समेत दिनुभएको छ ।

उक्त गित गायक हेमन्त शिशिर र गायिका सन्ध्या आचार्यले गाउनुभएको हो । संगित राजेन्द्र खड्काको हो भने शब्द शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले लेख्नुभएको हो । भिडिओमा हिमालय मावि मैकोटका विद्यार्थीलाई देख्न सकिन्छ । यस गितका परिकल्पना खगेन्द्र खड्काले गर्नुभएको हो । भिडिओ केही दिनमा सार्वजनिक हुने गाउँपालिकाले जनाएको छ ।