रुकुम पूर्वको सिस्ने गाउँपालिकामा शिक्षामा विपद जेखिम प्रतिकार्य योजना निर्माणको लागि कार्यदल गठन गरिएको छ । आज गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाख संयोजक मंगलसिंह बुढाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यमा रुक्मिणी माध्यामिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल र रुक्मेली समाज विकास केन्द्रका कार्यक्रम कोर्डिनेटर रमेश कुमार गौतम रहनुभएको छ ।
आज रुकुमकोटमा कोभिड १९ को लागि शिक्षामा प्रतिकार्य कार्यक्रम पालिका स्तरीय विद्यालय विपद जेखिम न्यूनिकरण सम्बन्धि शिक्षा प्रतिकार्य योजना निर्माण बैठकको आयोजना गरि कार्यदल गठन गरिएको हो । कूनै पनि विपदको घटनाबाट विद्यालय र विद्यार्थीमा पर्ने प्रभावलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने योजना निर्माणको लागि कार्यदलले अबको एक साता भित्रमा खाका तयार पार्ने र त्यसै खाकामाथी पुनः छलफल गरि पूर्णता दिएर कार्यपालिकामा लैजानुपर्ने छ । कार्यपालिकाबाट पास भईसकेपछि कार्यान्वयनको चरणमा जाने र यसले विपदबाट शिक्षामा पर्ने असरलाई कम गर्न सकिने अपेक्षा गरिएको छ
शिक्षामा विपद जेखिम प्रतिकार्य योजना भूमे र सिस्नेका विद्यालयमा भने निर्माण भइसकेको छ । अब पालिकास्तरमा निर्माण गर्न लागिएको हो । यूनिसेफ र यूएसआइडीको आर्थिक सहयोग सिस्ने गाउँपालिकाको समन्वय र रुक्मेली समाज विकास केन्द्रको आयोजनामा बैठक सञ्चालन गरिएको हो ।
रुक्मेली समाज विकास केन्द्रका उपाध्यक्ष शोभाकर शर्माको अध्यक्षतामा भएको बैठकमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । बैठकमा सिस्ने गाउँपालिकाका उपाध्क्ष गोपाल रेउले गाउँपालिका शिक्षा शाखाका प्रमुख मंगलसिंह बुढा लगाएत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन ललित कुमार खड्काले गर्नुभएको थियो ।