रूकुम(पूर्व) सिस्ने गाउँपालिकाको १५ औ कार्यपालिका बैठक सम्पन्न भएको छ । यहि माघको २२ गते सम्पन्न गाउँ कार्यपालिकाको बैठकले विभिन्न निर्णयहरू गरको छ ।
कार्यपालिका बैठकले सिस्ने गाउँपालिकाको निर्मित पूर्वाधारको दिगो व्यवस्थापन, मर्मत सम्भार गर्न कोष खडा गर्नुपर्ने भएको हुँदा मर्मत सम्भार कोष सञ्चालन गर्ने र उक्त कोष सञ्चालनको लागि कार्यविधि बनाई गाउँसभामा पेश गर्ने निर्णय गरको छ । यस्तै सिस्ने गाउँकार्यपालिका र वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त बनाउनको लागि नागरिक सेवा वडापत्र, सेवाको मापदण्ड सम्पूर्ण कार्यालयमा लागु गर्ने निर्णय गरिएको छ।
सिस्ने गाउँपालिकाको राजस्व सुधार गर्नको लागि राजस्व सुधार योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजाने र राजस्व संकलन, दाखिला गर्ने कार्य चुस्त बनाउन सिस्ने गाउँपालिकाको वडा नं १ र २ ले ढिलामा निरन्तर १-१ महिनामा राजस्व बैङ्कमा दाखिला गर्ने, वडा नं ३, ४ ,७ र ८ का वडाले ढिलामा १५-१५ दिनमा राजस्व बैङ्कमा दाखिला गर्ने र वडा नं ५ र ६ ले ढिलामा १-१ हप्तामा राजस्व बैङ्कमा दाखिला गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सिस्ने गाउँपालिकाको वडा नं १ र २ मा एकिकृत घुम्ती शिविर सिस्ने गाउँपालिकाले संघीय, प्रादेशिक कार्यालयसँग समेत सहकार्य गरि २०७९ फाल्गुन १५ देखि सञ्चालन गर्ने निर्णय पनि कार्यपालिकाके बैठकले गरेको छ ।
सिस्ने गाउँपालिकाको स्मार्ट एप सञ्चालन, व्यवस्थापन गर्न गाउँपालिका उपाध्यक्ष्य गेपाल रेउलेको संयोजकत्वमा अच्युत पन्थी सदस्य सचिव र अरूण कुमार ओली सदस्य रहने गरी समिति गठन गरिएको छ । समितिले आफ्नो कार्यविधि आफै निर्धारण गर्ने प्रमुख प्रशासकिय अधकृत शाहले बताउनुभयो ।
यससँगै आर्थिक २०७९।८० मा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम १४ अनुसार यस सिस्ने गाउँपालिकामा कृष्ण रेग्मिको अध्यक्षतामा ६ सदस्यीय स्थानीय निर्देशक समिति गठन गरिर्को छ । जसको सदस्यमा उपाध्यक्ष गोपाल रेउले प्रमुख प्रशासकिय अधकृत विकास विक्रम शाह, ५ नम्बरका वडाध्यक्ष विरेन्द्र बस्नेत, ८ नम्बरका वडाध्यक्ष गेपाल पुन र रोजगार संयोजक सुशिला कुमारी सिंह रहनुभएको छ ।