रुकुम पूर्वको भूमे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिल्ड भूमे गाउँपालिका वडा नम्बर ६ महतमा रहेको बृहत्त रंगशालामा फागुन ८ गतेबाट सुरु भएको हो । शिल्ड लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुभयो । फागुन ८ बाट सुरु भएको शिल्ड फागुन ११ गतेसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।

शिल्ड अन्तर्गत छात्र, छात्रा भलिबल, कबड्डी, फुटवल प्रतियोगिता हुने छ । त्यस्तै एथ्लेटिक्स अन्तर्गत ट्रयाक तर्फ छात्र १ सय मिटर, २ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको दौड हुने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छात्रा तर्फ १ मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ मिटर दौड प्रतियोगिता हुने छ । छात्र छात्रा रिले दौड समेत हुने उहाँले बताउनुभयो । उफ्रने, फ्याँक्ने ९फिल्ड० तर्फ छात्र छात्रा हाइजम्प, लङजम्म, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट खेल संचालन गरिने छ ।

भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन, जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उप–प्रमुख मोहन केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, गाउँपालिका उपाध्यक्ष सविना बुढाको आतिथ्यता रहेको थियो ।