
रुकुम पूर्व:
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकास्तरीय चौथो राष्ट्रपती रनिङ शिल्ड आजबाट सुरु भएको छ । सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी माविमा आजबाट सुरु भएको शिल्डको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्धघाटन गरे ।
गाउँपालिकाको केन्द्र रुकुमकोट स्थित रुक्मिणी माविमा शिल्ड उदघाटन भएको हो । शिल्डमा पालिका भित्रका १० बिद्यालयले प्रतिशप्रर्धा सुरु गरेका छन । ९ सामुदायिक र एक संस्थागत विद्यालय शिल्डमा सहभागी छन ।
शिल्ड तीन दिनसम्म चल्ने सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाले जानकारी दिए ।
उनका अनुसार तीन दिनसम्म चल्ने शिल्डमा छात्र, छात्रा भलिबल, एक सय देखि तीन हजार मिटरको दौड, हाइजम्प, लङजम्म, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट विधाका खेल सञ्चालन गरिने छ ।
उदघाटनको पहिलो दिन छात्र छात्रा १५०० मिटरको दौड सम्पन्न भएको छ । बाकी प्रतियोगिता बुधबार बिहान ७:०० बजेदेखि सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ । सिस्ने गाउँपालिकाको समन्वय र रुक्मिणी माविको आयोजनामा शिल्ड सुरु भएको छ ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको पालिकास्तरीय चौथो राष्ट्रपती रनिङ शिल्डमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रमा लुम्बिनी प्रदेशसभाका सदस्य सुरुल पुन, दिल कुमारी बुढा, सरिता पुनको विशेष आतीथ्यता रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनीधिहरुको आतीथ्यता रहेको थियो ।
शिल्ड उदघाटन कार्यक्रमको सञ्चालन रुक्मिणी माविका शिक्षक हरिबहादुर थापाले गरेका थिए ।