रुकुम पूर्वः रुक्मिणी मावि रुकुमकोटमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । यहि ९ गतेबाट सुरु भएको शिल्ड शुक्रबार सम्पन्न भएको हो ।                                                 

गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि रुक्मिणी माविले जितेको छ । घरेलु खेल मैदानमा सम्पन्न भएको शिल्डमा रुक्मिणी माविले ११ स्वर्ण ८ रजत र ४ कास्य सहित २३ पदक प्राप्त गरि शिल्ड जितेको हो । यो रुक्मिणीको दोस्रो जित हो । गत वर्ष सम्पन्न भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड पनि रुक्मिणी माविले नै जितेको थियो ।

११ स्वर्ण ३ रजत र ४ कास्य सहित १८ पदक जितेर जनता मावि पोखरा दोस्रो भएको आयोजकले बताएको छ । दुई स्वर्ण पदक सहित त्रिभुवन जनता मावि छिप्रिदह तेस्रो भएको छ ।                             

विभिन्न २४ विद्यामा गाउँपालिका भरका १० विद्यालयले शिल्डमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने रुक्मिणी माविलाई नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाले जानकारी दिए ।                                                         

उनका अनुसार दोस्रो र तेस्रो स्थान ल्याउने विद्यालयले नगद सहित कप र प्रमाणपत्र पाएका छन । प्रतियोगितामा स्थान ल्याउने सवै खेलाडिलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिता शौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सवैलाई धन्यवाद दिएका छन । शिल्ड समापन कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले छोटो तयारीमा विभिन्न कठिनाइका बापजुत सफलतापूर्क शिल्ड सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिएका हुन ।

खेलकुदले विद्यार्थीहरुमा अनुशासनको पालनासँगै आपसी सद्भाव कायम गर्ने उनले सम्बोधनका क्रममा बताए । पालिकाको पहिचानलाई खेलकुदले राष्ट्रियसम्म पुर्‍याउन सहयोग गर्ने उनको विश्वास छ । शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको उनको भनाई छ ।

कुन प्रतियोगितामा को विद्यायल प्रथम ?
१०० मिटर दौड
छात्र तर्फको १०० मिटर दौडमा रुक्मिणी माविका देपेन्द्र विक प्रथम भएका छन । जनता मावि पोखराका भिमसेन खड्का दोस्रो र जनता मावि छिप्रिदहका सविन बुढा तेस्रो भए । यस्तै छात्रा तर्फको दौडमा जनता मावि पोखराकी यमुना सुनार प्रथम सानोभेरी मावि लम्पाकोटकी शुष्मा जैसी दोस्रो र रुक्मिणी मावि रुकुमकोटकी सावित्रा सेन तेस्रो भएकी छिन ।

२०० मिटरको दौड
छात्र तर्फको २०० मिटरको दौडमा रुक्मिणी माविका देपेन्द्र विक प्रथम हुदाँ जनता मावि छिप्रिदहका सबिन बुढा मगर दोस्रो र कोट मावि रुमालबाराका नविन विक तेस्रो भएका छन । यता छात्रा तर्फ जनता मावि पोखराकी यमुना सुनार प्रथम, जनता मावि छिप्रिदहकी अनुजा रेउले दोस्रो र रुक्मिणी मावि रुकुमकोटकी सावित्रा सेन तेस्रो भएकी छिन ।
४०० मिटर दौड
छात्र तर्फको ४०० मिटर दौडमा रुक्मिणी मावि रुकुमकोटका सन्तोष छिनाल प्रथम, हिमशिखा सेकेन्डरी बोडिङका प्रदिप मल्ल दोस्रो र हिमालय मावि नायगाडका चंख बुढा तेस्रो भए । उत्ता छात्रा तर्फको दौडमा जनता मावि पोखराकी ललिता खड्का प्रथम, रुक्मिणी मावि रुकुमकोटकी प्रतिक्षा विसी दोस्रो र जनप्रिय मावि दादिङकी बविता घर्ती तेस्रो भइन् ।
८०० मिटको दौड
छात्र तर्फको ८०० मिटको दौडमा रुक्मिणी माविका सन्तोष छिनाल प्रथम, जनता मावि पोखराका केशव विसी दोस्रो र सानोभेरी मावि लम्पाकोटका बलबहादुर बुढा मगर तेस्रो भए । यस्तै छात्रा तर्फको दौडमा रुक्मिणी माविकी निर्मला विसी प्रथ,म जनता मावि पोखराकी भिमकला खड्का दोस्रो र सानोभेरी मावि लम्पाकोटकी सिता नाथ तेस्रो भइन ।                                                              १५०० मिटर दौड
छात्र तर्फको १५०० मिटर दौडमा जनता मावि पोखराका बिजय खड्का प्रथम हुदाँ रुक्मणी माविका सुनिल थापा दोस्रो र रुक्मिणी माविकै बनस सुनार तेस्रो भए । छात्रा तर्फ भने जनता मावि पोखराकै पवित्रा गिरी प्रथम, रुक्मणी मावि रुकुमकोटकी निर्मला विसी दोस्रो र जनता मावि पोखराकी भिमकला खड्का तेस्रो भइन ।
३००० मिटर दौड
छात्र तर्फको ३००० मिटरको दौडमा जनता मावि छिप्रिदहका कबल मल्ल प्रथम, मावि छिप्रीदहकै सुनिल विक दोस्रो र रुक्मिणी माविका बनस सुनार तेस्रो भए । छात्रा तर्फ जनता मावि पोखराकी पवित्रा गिरी प्रथम, रुक्मिणी माविकी प्रतिक्षा विसी दोस्रो र जनप्रिय मावि दादिङकी रेजिना घर्ती तेस्रो भइन ।
सटपुट
छात्र तर्फको सटपुट प्रतियोगितमा जनता मावि पोखराका जिवन खत्री प्रथम, रुक्मिणी माविका देपेन्द्र विक दोस्रो र हिमालय मावि नायगाडका गोपाल बुढा तेस्रो भए । छात्रा तर्फ भने रुक्मिणी माविकी अञ्जना रोका प्रथम, जनता मावि छिप्रिदहकी अनिता शाही दोस्रो र सानोभेरी मावि लम्पाकोटकी भावना पुन तेस्रो भइन ।
ज्याभलिन थ्रो
छात्र तर्फको ज्याभलिन थ्रो प्रतियोगितमा जनता मावि पोखराका विनोद केसी प्रथम, हिमशिखा सेकेन्डरी बोडिङका प्रदिप मल्ल दोस्रो र जनप्रिय मावि दादिङका राजकुमार घर्ती तेस्रो भए । छात्रा तर्फ भने रुक्मिणी मावि रुकुमकोटकी अञ्जना रोका प्रथम, जनप्रिय मावि दादिङकी अञ्जना थापा दोस्रो र जनता मावि पोखराकी भिमकला खड्का तेस्रो भइन ।
हाइजम्प
छात्र तर्फको हाइजम्प प्रतियोगितामा जनता मावि पोखराका तिलक विक प्रथम, त्रिभुवन जनता मावि छिप्रीदहका जेसिस केसी दोस्रो र रुक्मिणी माविका बहुमत विक तेस्रो भए । यता छात्रा तर्फ रुक्मणी मावि रुकुमकोटकी गिता ओली प्रथम जनप्रिय मावि दादिङकी अप्सरा पुन दोस्रो र जनता मावि पोखराकी पवित्रा गिरी तेस्रो भइन ।

लङ्गजम्प
छात्र तर्फको लङ्गजम्प प्रतियोगितामा जनता मावि छिप्रिदहका निश्चल पुन प्रथम, रुक्मिणी माविका बलभद्र बुढाथोकी दोस्रो हुदाँ जनता मावि पोखराका हिरालाल खड्का तेस्रो भए ।  छात्रा तर्फ रुक्मणी मावि रुकुमकोटकी सुस्मिता खड्का प्रथम, हिमशिखा सेकेन्डरी बोडिङकी सजिना बुढाथोकी दोस्रो र जनता मावि पोखराकी सपना खत्री तेस्रो भइन ।
त्रिपल जम्प
छात्र तर्फको त्रिपल जम्प प्रतियोगितामा जनता मावि पोखराका आशिष सुनार प्रथम, रुक्मिणी मावि रुकुमकोटका विशाल विष्ट दोस्रो र जनता मावि छिप्रीदहका भिम केसी तेस्रो भए ।  यता छात्रा तर्फको प्रतियोगितामा जनता मावि पोखराकी सपना गिरी प्रथम हुदाँ रुक्मिणी मावि रुकुमकोटकी सुस्मिता खड्का दोस्रो र हिमालय मावि पाखापानीकी खिम कुमारी बुढा तेस्रो भइन ।
­भलिबल
छात्र तर्फको भलिबल प्रतियोगितमा रुक्मिणी मावि रुकुमकोट प्रथम, जनता मावि छिप्रीदह दोस्रो र जनप्रिय मावि दादिङ तेस्रो भएको छ । छात्रा तर्फको भलिबल प्रतियोगितमा रुक्मिणि मावि प्रथम, त्रिभुवन जनता मावि छिप्रीदह दोस्रो हुदाँ सानोभेरी मावि लम्पाकोट तेस्रो भएको आयोजकले जनाएको छ ।