जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) कार्य सम्पादनमा देशभरीको जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा गृहसचिव र प्रमुख जिल्ला अधिकारी बीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्वी भाग) देशभरमै दोस्रो हुन सफल भएको हो । कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकको आधारमा स्वाचालित रुपमा मूल्यांकन हुने प्रणाली CDO Performance Appraisal System (CPAS) मा प्रविष्ट विवरणको मूल्यांकनबाट आर्थिक वर्ष २०७८÷७९ को पहिलो अर्ध(वार्षिक अवधिमा दोस्रो स्थानमा रहेको हो ।

रुकुम(पूर्व) ७४ वटा परिसूचकहरूमा ४०.१३ अङ्क सहित दोस्रो स्थानमा छ । रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार हुनुहुन्छ । मन्त्रालयले आगामी दिनमाा पनि सम्पादन हुने सेवा र कार्यसम्पादन थप प्रभावकारी हुदै जाने अपेक्षासहित अर्धवार्षिक कार्यसम्पादनको लागि रुकुम(पूर्व) लाई हार्दिक बधाई तथा धन्यवाद् ज्ञापन गरेको छ ।

कार्य सम्पादन सम्झौताको ५ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रवन्ध, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजिकरण अन्तर्गतका ७४ वटा परिसूचकहरूमा गरी चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले ४०.१३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो हुन सफल भएको हो ।

आगामी ६ महिनामा पनि प्रथम स्थान हुने गरी कार्य सम्पादन भई रहेको साथै बेरुजुको सुचक बाहेक अन्यमा राम्रो गर्न सकिने गरी तयारी भएको जानकारी जिल्ला प्रशासन कार्यालयका CPAS सम्पर्क व्यक्ति खम्बु रावतले बताउनु भयो । विगत आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को स्थानीय भत्ता र दुर्गम भत्ताको बेरुजु रकम नियमित नभएको कारणसो सूचकमा अंक प्राप्त गर्न नसकिने होकी भन्ने अनुमान छ । उक्त बेरुजु रकम फर्छौटको लागि गृह मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा फायल पेश भईसकेको समेत जानकारी दिनुभयो ।

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वी भागमा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जिम्मेवारी समालेपछि कार्यसम्पादनको स्तर, कार्यालयको स्वरुप र सौन्दर्यतामा समेत परिवर्तन भएको छ भने नागरिकहरुले सेवा प्रवाह समेत सहज रुपमा प्राप्त भएको भन्ने सन्तुष्टि व्यक्त गरेका छन् ।