रुकुम(पूर्व) मा रहेको सिस्ने शिक्षा क्याम्पसको नयाँ संचालक समिति गठन गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा अवस्थित जिल्लाको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा आज सभाको आयोजना गरि हरिकृष्ण गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरिएको क्याम्पस प्रमुख तीव्र गौतमले जानकारी दिनुभयो ।

जसको उपाध्यक्षमा कृष्ण विक्रम शाह हुनुहुन्छ । क्याम्पस प्रमुख गौतमका अनुसार सदस्यहरुमा श्रीकुमार बुढाथोकी, भिमकान्त उपाध्याय, लालबहादुर नेपाली, जयबहादुर खत्री, कमला महतारा मल्ल, दामोदर शर्मा, शुसिला दाहाल, नारायण पुन, टिकासाई घर्ती, सूर्यबहादुर नेपाली, डिल्लिबहादुर चन्द हुनुहुन्छ ।

आज सम्पन्न सभाले गौतमको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । यसअघि क्याम्पस संचालक समितिको अध्यक्ष दुर्गाबहादुर बुढाथोकी हुनुहुन्थ्यो ।