रुकुम(पूर्व) मा सञ्चालन भएको १४ औ जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्डको उपाधी सिस्नेले हात पारेको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १० तकमा सञ्चालन गरिएको जिल्लास्तरीय शिल्डमा भूमे र पुथा उत्तरगंगा गाउँपालिकालाई पछि पार्दै सिस्ने गाउँपालिकाले शिल्ड हात पारेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको शिल्डमा १० स्वर्णसहित सिस्ने प्रथम भएको हो । विभिन्न २४ वटा विधामा भएको प्रतियोगितामा सिस्नेले १० स्वर्ण हात पारेको हो ।

त्यसैगरी ९ स्वर्ण सहित भूमे गाउँपालिका दोश्रो र ५ स्वर्णसहित पूथा उत्तरगंगा गाउँपालिका तेस्रो भएको खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका महेन्द्र मावि तकसेरामा शिल्ड सञ्चालन भएको थियो ।