रुकुम(पूर्व) को एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीका जयमान बुढामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस क्याम्पसमा ४ वटा संगठनको बिचमा भागबण्डा गरी सहमतीबाटै बुढा स्ववियु सभापतीमा निर्वाचित हुनुभएको हो ।

शनिबारको दिनमा भागबण्डा लगाएरै मनोनयन दर्ता गराएकोमा आइतबार आज अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचित सबैलाई प्रमाणपत्र पनि वितरण गरिएको छ । सभापतीसँगै ३ सदस्य अखिल क्रान्तिकारीले पाएको छ भने सचिवसहित एक सदस्य अनेरास्ववियुले पाउदा कोषाध्यक्ष सहित एक सदस्य नेविसंघले पाएको छ ।

अखिल क्रान्किारीका बुढा सभापती हुदा अनेरास्ववियुका अविनेश हमाल सचिवमा र नेविसंघका गिता थापा कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा अखिल क्रान्तिकारीबाट सुन्दर खड्का, पुजा सुनार, रिना रोका मगर, अनेरास्ववियुका वृहस्पती केसी, नेविसंघका प्रकाश केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आगामी चैत्र ५ गते देशैभरका क्याम्पसमा स्वतन्त्र विद्यार्र्थी यूनियन (स्ववियु) निर्वाचन हुँदै छ । जतातै स्ववियु चुनावको सरगर्मी बढेको छ ।