गैर सरकारी संस्था महासंघ नेपाल रुकुम(पूर्व) को अध्यक्षमा लिलामणी गौतम निर्वाचित हुनुभएको छ । आज रुकुमकोटमा भएको गैर सरकारी संस्था महासंघ नेपाल रुकुम(पूर्व) को प्रथम जिल्ला अधिवेशनले गौतमको अध्यक्षतमा ७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा सुशिला शर्मा दाहाल, सचिवमा कृष्ण बुढा मगर, सहसचिवमा गोपाल प्रसाद सुनार र कोषाध्यक्षमा विष्णु देवकोटा चयन हुनुभएको छ । सदस्यहरुमा हरिबहादुर थापा र लक्ष्मण बुढा रहनुभएको छ । यो ७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

गैसस महासंघ नेपाल रुकुम(पूर्व) को प्रथम जिल्ला अधिवेशनको अवसर पारि गैर सहकारी संघ संस्थासम्बन्धि लेखहरु लेखिएको तेस्रो हात नामक पुस्तिका पनि विमोचन गरिएको छ । गैसस महासंघ नेपालका केन्द्रिय अध्यक्ष राम सुवेदी र जिल्ला समन्वय समिति रुकुम(पूर्व) का प्रमुख मेघबहादुर श्रेष्ठले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।