रुकुम(पूर्व) मा तीन दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ । स्वास्थ्य कार्यालय रुकुम(पूर्व) को आयोजना तथा सिस्ने, भूमे र पुुथा उत्तरगंगा गाउँपालिकाको समन्वय, यू.एम.एन. रुकुम(पूर्व) क्लष्टर, नेपाल जनजागरण मञ्चको आर्थिक र प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।
यहि चैत्रको २१, २२ र २३ गते विशेषज्ञ चिकित्सकहरुद्धारा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको लागि निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुदैँ छ । शिविरमा मानसिक स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श सेवा, निशुल्क औषधी वितरणका कार्य गरिने छ । शिविरको सेवा भूमे गाउँपालिका २ काँक्रि स्वास्थ्यचौकीबाट प्रदान गरिने छ । यू.एम.एन. का नविन चौधरीे जानकारी दिनुुभयो ।
उहाँले शिविरमा सहभागी भएर सेवा लिन जिल्लाबासी सबैलाई आग्रह गर्नुभएको छ ।