रुकुम(पूर्व) मा आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नयाँ आर्थिक वर्ष नजिकिदै गर्दा नयाँ आर्थिक वर्षको लागि नयाँ योजना निर्माण गर्ने उदेश्य सहित जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
जिल्लाबाट प्रतिनिधित्व गर्नुभएका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु, तीन वटै गाउँपालिका सहित जिल्लास्थित विकासे सरकारी तथा गैरसरकारी कार्यालयहरुका प्रमुख एव् प्रतिनिधिहरुको उपस्थितीमा आगामी आर्थिक वर्षको योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो । संघियता पछि बनेको तीन तहको संरचनाअनुसार काम गर्ने क्रममा योजना र बजेट नदोहोरीउन भन्नको लागि सबैको उपस्थितीमा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले जानकारी दिनुुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा गरेको कामकाजको प्रगती विवरण प्रस्तुुत गरेका थिए भने आगामी कार्ययोजनाको लागि सल्लाह सुुझाव राखेका थिए । अधिकांस कार्यालयको भौतिक संरचना अभावले सहज सेवा प्रवाहमा समस्या आएको बताएका थिए । यस्तै विभिन्न कार्यालयले आवश्यकता अनुसार नयाँ योजना थप गर्ने र चालु अवस्थामा रहेका योजनाहरुलाई पूर्णता दिनको लागि बजेटको व्यवस्था गरिदिनुपर्ने माग राखेका थिए ।
यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, कृषि, सिंचाई, पूर्वाधार निर्माण लगाएतका क्षेत्रमा विशेष योजना बनाएर कार्यान्वयनमा जान सके प्रतीफल राम्रो प्राप्त गर्न सकिने भनाई अन्तरक्रिया कार्यक्रममा सहभागिहरुको छ । काम गर्ने क्रममा देखिएका समस्याहरु राख्दै उनिहरुले ती समस्या समाधानको लागि पनि यहाँबाट तीनै तहको सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई आग्रह गरेका थिए । यस्तै आवश्यकताको आधारमा प्राथमिकिकरण गरेर योजना तर्जुमा गर्नुपर्ने र सोहिअनुसार बजेटको आकार निर्धारण गर्नुपर्ने कुरामा सहभागिहरुले जोड दिएका थिए । यस्तै अन्तरपालिका, प्रदेश र संघ सरकार सबैसँगको समन्वय गरेर अघि जान सके प्रभावकारी रुपमा तर्जुमा भएका योजना कार्यान्वयन गर्न सकिने भनाई सहभागिहरुको छ ।
रुकुम(पूर्व) बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा र प्रदेशसभा सदस्य दिलकुमारी बुढाले अन्तरक्रिया कार्यक्रमको क्रममा आएका सल्लाह सुुझावको आधारमा योजना तर्जुमा र बजेट विनियोजनको कुुरामा जोड दिनुपर्ने बताउनुुभयो । आफुहरुले पनि सोहि अनुसार प्रदेश सरकारसँग कुरा राख्ने र एकीकृत योजना निर्माण, बजेट विनियोजन, समानुुपातिक विकास, नीति निर्माणको कुरामा सघाउ पुग्ने गरी पहल गर्ने प्रतिबद्धता उहाँहरुले जनाउनुुभएको छ ।
जिल्ला समन्वय समितिका प्रमुुख मेघबहादुर श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा आएका सल्लाह सुुझावलाई एकीकृत गरि आवश्यकताको आधारमा योजना निर्माण गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुुभएको छ । आवश्यकताको आधारमा समानुपातिक विकास कसरी गर्न सकन्छि भन्ने कुरालाई ध्यानमा राखी र विगतका भएका कामकाजबाट पनि पाठ सिकेर आगामी आर्थिक वर्षको योजना निर्माणमा सहजिकरणको भूमिका निर्वाह गर्ने समन्वय प्रमुख श्रेष्ठले बताउुनुुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापाको प्रमुख र प्रदेशसभा सदस्य दिलकुमारी बुढाको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, पुुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढासँगै जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको स्वागत मन्तव्य रहेको अतरक्रिया कार्यक्रमको सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले गर्नुभएको थियो ।