रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा क्षमता विकास योजना तर्जुमा सम्बन्धि अनुशिक्षण कार्यशाला गोष्ठि संचालन गरिएको छ । सिस्ने गाउँ कार्यपालिकाका पदाधिकारी, कर्मचारी र सरोकारवालाहरुको लागि आज मनकामना अध्यन अनसन्धानले एक दिने क्षमता विकास योजना तर्जुमा सम्बन्धि अनुशिक्षण कार्यशाला संचालन गरेको हो ।

सुशासन संचालनको मुख्य उदेश्य राखेर कार्यक्रमको आयोजना गरिएको सुशासन संचालन सम्बन्धि क्षमता विकास योजना निर्माण विज्ञ डाक्टर माधव अधिकारीले बताउनुभयो । छलफलपछि तीन वर्षे कार्ययोजना निर्माण हुने पनि उहाँले जानकारी गराउनुभयो । पालिकामा जनप्रतिनिधि, कर्मचारीको क्षमता विकास, विषयगत शाखाको जिम्मेवारीको बारेमा जानकारी गराउने, पूर्वाधारको अभाव र आवश्यकता के कस्तो छ भनी मनकामना अध्यन अनुसन्धानले रिपोर्ट तयार पारिदिने र सोहि रिपोर्ट अनुसार तीन वर्षसम्ममा पालिकाले विभिन्न निकायसँग सहकार्य गरेर काम गर्नुपर्ने डाक्टर अधिकारीले बताउनुभयो ।

सोहि क्रममा सिस्ने गाउँपालिका ६ नम्बर वडाका वडाध्यक्ष पूर्ण बहादुर मल्लको संयोजकत्वमा ५ सदस्यीय क्षमता विकास समन्वय समिति पनि गठन गरिएको छ । जसको सदस्य सचिवमा अरुणकुमार ओली, सदस्यहरुमा तिर्था पुन, करण खड्का र पुष्पा ओली रहनुभएको छ । यो बिचमा आवश्यकताको आधारमा नयाँ गठन गरिएको समितिले केहि योजनाहरु थ्पघट गर्न सक्ने उहाँको भनाई छ ।

अनुशिक्षण कार्यशालामा क्षमता विकासका तीन आयामहरु संस्थागत संरचना तथा प्रणालीमा सुधार, मानव संसाधन र संस्थागत विकास, सेवा बजारहरुको व्यापकीकरण, स्थानीय तहका मुख्य जिम्मेवारी, चुनौती, सिमा
क्षमता विकास समन्वय समिति गठन, स्थानीय तहमा क्षमता विकास योजना किन लगाएतका विषयमा जानकारी गराउने काम भइरहेको छ । कार्यशालाको विज्ञ सुर्य नेपालले सहजिकरण गरिरहनुभएको छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको अनुशिक्षण कार्यशालामा गाउँ कार्यपालिका सदस्य, कर्मचारी र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको छ ।