
रुकुम(पूर्व) मा जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको अध्यक्षतामा बसेको बैठकमा यो भन्दा अघिल्लो पटक बसेको बैठकले गरेको निर्णयहरु कार्यान्वयनको समिक्षा गरिएको छ ।
बैठकमा जिल्ला विपद वयवस्थापन कोषबाट चालु आर्थिक वर्षमा हिमपातजव्य विपदमा दाउरा वितरण गरेको रकम र राहत रकम भुक्तानी गर्ने समर्थन गरेको छ । विपद व्यवस्थापनको लागि तीन वटै गाउँपालिकाहरु तथा बागलुङ्को निसिखोला गाउँपालिकासँग समन्वय गरी दमकल र स्नो स्विपर मेसिन खरिदको लागि आगामी आर्थीक वर्षमा योजना समावेश गर्न अनुरोध गर्ने निर्णय बैठकबाट गरिएको छ ।
यस्तै जलस्रोत तथा सिंचाई विकास सव डिभिजन कार्यालयबाट चालु आर्थिक वर्षमा तारजाली वितरण गरेको खर्च समर्थन गरिएको छ भने जिल्ला विपद पूर्व तयारी प्रतिकार्य योजना २०८०÷८१ तयारीको लागि यूएनएफपीए र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) लाई अनुरोध गर्ने निर्णय गरिएको छ ।