
रुकुम(पूर्व) मा चैत्र ३० देखी वैशाख ९ गतेसम्म बृहत पूर्वी रुकुम पर्यटन तथा सांस्कृतीक महोत्सव लाग्ने भएको छ । “समृद्ध पूर्वी रुकुमको आधार, कृषि पर्यटन र व्यापार” भन्ने मुल नाराका साथ चैत्रको ३० गतेबाट वैशाख ९ गतेसम्म महोत्सव लाग्न लागेको हो ।
महोत्सवको यहि चैत्र ३० गते बिहिबारका दिन दिउसो १२ बजे उद्धघाटन हुने भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माध्यामिक विद्यालयको प्राङ्गनमा सञ्चालन हुने महोत्सवमा स्थानीय स्तरदेखी राष्ट्रिय स्तरसम्मका कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सवमा राजेश हमाल, प्रमोद खरेल, ज्योती मगर, राम जी खाँण, एलिना चौहान, पुस्कल शर्मा, रोशन सिंह, शान्ति श्री परियार, टंक तिमल्सिना, प्रकाश दुतराज, चक्र बम, अर्जुन सापकोटा, टिका सानु, सुप्रीम मल्ल, कमला घिमिरे लगाएत अन्य थुप्रै कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सव सञ्चालनको लागि अन्य सबै तयारी अन्तिम चरणमा पुगेको महोत्सव संचालन समितिका संयोजक लखन सुनारले बताउनुभयो ।
भोली बिहान १० बजेसम्ममा सबै तयारी पुरा हुने र १२ बजे महोत्सव उद्धघाटनको तयारी रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार महोत्सवमा ज्येष्ठ नागरिक र परिचय पत्र भएका विद्यार्थीलाई एक सय रुपैयाँ टिकट शुल्क लाग्ने छ भने अन्यलाई टिकट शुल्क एक सय ५० रुपैयाँ तोकिएको छ । भोली उद्धघाटनको दिनमा स्थानीय झाँकीहरु प्रस्तुत गरिने छ भने स्थानीय कलाकारको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवको दोस्रो दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन लोक तथा दोहोरी गाइका टिका सानु र पुस्कल शर्माको प्रस्तुती रहने छ । मस्त संगित संग्राहलय तथा ट्रेनीङ सेन्टर रुकुम(पूर्व) सँगको सहकार्य र सिस्ने गाउँपालिकाको प्रवद्र्धनमा महोत्सवको आयोजना गरिएको छ ।