रुकुम(पूर्व) मा थबाङ(रुकुमकोट(काँक्रि विद्युत वितरण लाइन आयोजनाको संक्षिप्त वातावरणीय अध्ययनको सार्वजनिक सुनुवाई गरिएको छ । युरोपियन ईन्भेस्टमेन्ट बैंकको ऋण लगानी सहयोगमा नेपालको सुदुरपश्चिम सहित लुम्बिनी प्रदेशको ८ वटा जिल्लाका १३ वटा स्थानमा नेपाल विद्युत प्राधिकरणले ३३÷११ के.भी. क्षमताका नयाँ सब स्टेशन निर्माण गर्दै छ ।

सोहि क्रममा रुकुम(पूर्व) को दुई ठाउँमा सब स्टेशन निर्माण हुँदै छन । भूमे गाउँपालिकाको २ नम्बर वडाको काँक्रि र सिस्ने गाउँपालिका वडा नम्बर ५ को रुवाबाङमा सब स्टेशन निर्माण हुदैँ छन । काँक्रिमा सब स्टेसन निर्माणको काम अघि बढीसकेको छ भने सिस्ने गाउँपालिकाको रुवाबाङमा डेन्डर भएर पनि काम सुरुवात गर्ने प्रक्रियामा रहेको छ । थबाङ गाउँपालिकामा पनि सब स्टेशन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यी तिन वटै ठाउँमा सब स्टेशन निर्माणको लागि करिब एक अरब ३० करोड बजेट विनियोजन गरिएको छ । यी तिन वटै ठाउँको सब स्टेशन निर्माणको जिम्मा सलासर टेक्नो इन्जिनीयरीङ एण्ड मार्सल इन्टरप्राइजेज जेबी गाजियावाद इन्डियाले लिएको एनइएका समाजशास्त्रि सुवासचन्द घिमिरे जानकारी दिनुभयो ।

उहाँकाअनुसार काँक्रिको सब स्टेसनमा रोल्पामा निर्माण हुन लागेको सब स्टेसनबाट विद्युत लाइन जोडिने छ भने काँक्रि सब स्टेसनबाट रुवाबाङमा रहेको सब स्टेसनमा विद्युत लाइन जोडिने छ । दुवै ठाउँमा ३ एम. भि. ए. क्षमताको सब स्टेसन निर्माण गरिने छ । सब स्टेशन निर्माण गर्ने र विद्युतको लाइन विस्तार गर्ने क्रममा विभिन्न सरोकारवाला निकायहरुको सल्लाहसुझाव सहित आयोजना प्रभावित क्षेत्रमा वातवरणीय अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ । सोहि प्रतिवेदनमाथी छलफल गरी आवश्यकताअनुसार थपघट गरी अन्तिम रुप दिने उदेश्यसहित आज सिस्ने गाउँपालिकाको कार्यालयमा संक्षिप्त वातावरणीय अध्ययनको सार्वजनिक सुनुवाई गरिएको हो ।

आयोजना प्रभावित क्षेत्रको भैतिक वातावरण, ज्ैविक वातावरण र सामाजिक आर्थिक तथा सांस्कृतीक वातवरणको अध्ययन गरि प्रतिवेदन तयार पारिएको छ । १३ स्थानमा निर्माण हुने आयोजना अन्तर्गत मुसिकोट–रुकुमकोट–काँक्रि वितरण लाइन एक उपआयोजना हो । वितरण प्रणाली स्तरोन्नती तथा विस्तार योजना अन्तर्गतका उप(आयोजनाहरुको वातावरणीय तथा सामाजिक व्यवस्थापनको मस्यौदा प्रतिवेदन मुसिकोट(रुकुम पश्चिम)(रुकुमकोट(काँक्रि रुकुम(पूर्व) विद्युत वितरण लाइन उप(आयोजना यसको पनि सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । यस उपआयोजनाले सिस्ने र भूमे गाउँपालिकाको विद्युत आपूर्तीमा सुधार आउने अपेक्षा गरिएको छ ।

जिल्लामा अहिलेसम्म कुनै पनि ठाउँमा सब स्टेसन निर्माण गरिएको छैन् । सब स्टेसन निर्माण भएमा सिस्ने र भूमे गाउँपालिकाका विभिन्न ठाउँमा देखिएको विद्युत सेवा अनियमित हुने समस्याको अन्त्य हुने छ भने जिल्लामा प्राधिकरणको विद्युत विस्तार हुने छ । जिल्लामा विभिन्न विद्युत आयोजना पनि निर्मानाधिन अवस्थामा छन् । सब स्टेसन निर्माणले तीनै आयोजनालाई पनि सहयोग पुग्ने बताइएको छ ।

रुकुम(पूर्व) बासीले विशेष गरी धौलापहिरामा निर्माण भएको राप्ति हाइड्रोको विद्युत यहीको सब स्टेशनबाट वितरण हुनुपर्ने कुरालाई जोडदारले उउठाएका थिए । अहिले रुकुमकोटमा केन्द्रिय प्रशारण लाइनको विद्युत अनियमित हुने गरेको बताउदै यो समस्या समाधानको लागि छिटो सब स्टेशन निर्माणको कार्यलाई पूर्णता दिन र यहाँ उत्पादित विद्युतलाई यहिबाट वितरण गर्नुपर्ने माग रुकुम(पूर्व) बासीको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले आयोजनालाई छिटो छरितो पूर्णता दिनको लागि आफ्नो ठाउँबाट हुने पहल कदमी लिन, सहयोग समन्वय गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, सिस्ने गाउँपालिका निवर्तमान अध्यक्ष कुमारी बरालको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकाय, नागरिकहरुको उपस्थिती रहेको थियो ।