बालाराम सेर्पाली
रुकुम पुर्व । भूमे गाउँपालिकाले मौरी पालक कृषकलाई मौरीका घार वितरण गरेको छ । मह उत्पादन बढाउन आधुनिक मौरिका घार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रमबाट घार वितरण गरिएको गाउँपालिकाका कृषि नायव प्राविधिक सहायक विशाल बुढामगरले जानकारी दिनुभयो । गाउँपालिका भित्रका ९ वडाका मौरीपालक किसानलाई घार वितरण गरिएको छ । उनिहरुलाइ ८६ वटा आधुनिक घार वितरण गरिएको उहाँको भनाइ छ ।
घार सहित चक्कु, मह निकाल्दा लगाउने घुम्टी पनि वितरण गरिएको बुढाले बताउनुभयो । उहाँकाअनुसाए पहिले भन्दा अहिले गाउँपालिकामा मौरी पाल्ने किसानहरु थपिदै गएका छन ।