रुकुम पूर्व । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समिर गिरीले पाउनु भएको छ । गिरी लामो समय देखि उक्त गाउँपालिकामा कार्यरत हुनुहुन्छ ।

स्वास्थ्य सेवा हेल्थ इनस्पेक्सन समुह अधिकृत स्तर छैटौ तहमा कार्यरत रहेका गिरीलाई सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो।

मन्त्रालय स्तरको मंगलबारको निर्णयबाट गिरीलाई पुथाउत्तरगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत विकाश शर्मा रिजालले मुलुक पाटीलाई जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार गिरीले प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएको छ ।यसअघि राजन कडेल यहाँको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो ।