
रुकुम(पूर्व) सिस्ने गाउँपालिकाको १७ औ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
कार्यपालिका बैठकले नायगाढ छिपखोला गोरेटो बाटो मर्मत उपभोक्ता समितिलाई प्राविधिक मूल्याङ्कन बापतको रु तीन लाख तीस हजार भुक्तानी गर्ने निर्णय गरेको छ । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति द्वारा आर्थिक बर्ष २०८०÷८१ को प्रक्षेपित आयको २० करोड ८४ लाख ४६ हजार कार्यापालिकामा जानकारीका साथ आगामी बजेट सम्बन्धमा छलफल गरी टोल तथा बस्ती स्तरमा योजना छनौटको लागि स्रोत सीमा सहित पत्राचार गर्ने निर्णय गरिएको छ ।
प्रदेश सुशासन केन्द्रद्वारा सहजीकरण गरि सिस्ने गाउँपालिकाको आर्थिक बर्ष २०७८÷७९ को लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अडिट प्रतिवेदनबाट सूचक अनुसारको जम्मा १०० अंकमा ७४ अंकमा प्राप्त भएको प्रतिवेदनलाई अनुमोदन गरी जानकारीको लागि सिस्ने गाउँपालिकाको धभदकष्तभ मा प्रकाशन गर्ने निर्णय गरिएको छ । गाउँपालिकामा रिक्त रहेको दरबन्दिमा कर्मचरीको माग गरि पठाउने, विभिन्न कार्यालयबाट तिर्न पर्ने घर बहाल कर सिस्ने गाउँपालिकाको संचित कोष खातामा जम्मा भएकोले सिस्ने गाउँपालिकाको आन्तरिक राजस्व खातामा रकम ट्रान्सफर गर्ने व्यवस्था मिलाउने निर्णय कार्यापालिका बैठकले गरेको छ ।
आर्थिक वर्ष २०७९÷०८० को आन्तरिक बजेट तर्फ उत्कृष्ट विद्यालय र प्रधानाध्यापक तथा शिक्षक कर्मचारी पुरष्कृत कार्यक्रम शीर्षकको तिन लाख रुपयाँ बजेट विनियोजन गरिएको थियो । उक्त कार्यक्रमलाई वार्षिक परीक्षा २०७९ को संचालन तथा व्यवस्थापन खर्चमा एक लाख रुपयाँ र तीनवटा माध्यमिक विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र व्यवस्थापन शीर्षकमा दुई लाख रुपयाँ मात्र बाँडफाड गरि गाउँसभामा अनुमोदन लागि पेश गर्ने निर्णय पारित गरिएको छ ।
यस्तै आर्थिक बर्ष २०८०÷८१ को लागि एक वडा एक उत्पादन कार्यक्रमको लागि प्रत्येक वडाबाट जनस्तरमा बाट सम्भावित ५ वटा उत्पादन छनौट गरि अर्को कार्यापालिका बैठकमा पेश गर्ने निर्णय गरिएको छ । पातुखोला देखि रावतटोलसम्म सडक निर्माण आयोजना शीर्षकलाई नाथिगाड रोड देखि रावतटोल सम्म सिडी बाटो निर्माण आयोजनामा शीर्षकान्तर गरी अनुमोदनको लागि सभामा पेश गर्ने निर्णय गरिएको छ ।
फोहोर व्यवस्थापनको लागि डस्टविनको रुपमा प्रयोग गर्नको लागि स्थानीय रुपमा उत्पादित डोको खरिद गर्न एक लाख खर्च गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।