रुकुम(पूर्व) मा विशेष योग शिविर २०८० सम्पन्न भएको छ । सिस्ने गाउँपालिकाको प्रायोजन, आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम(पूर्व) को समन्वय र पतन्जली योग समिति रुकुम(पूर्व) को आयोजनामा विगत पाँच दिन यता सञ्चालनमा रहेको विशेष योग शिविर आज सकिएको हो ।

योगको सन्देश आम जिल्लाबासीलाई दिने मुख्य उदेश्यका साथ कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ । योगले मानिसको जिवनशैलीमा परिवर्तन ल्याउने र रोग न्यूनिकरण गरि स्वास्थ्य प्रवद्र्धनमा टेवा पुर्याउने भएकाले योगको सन्देश आम नागरिककहाँ पुर्याउनको निम्ति योग शिविर सञ्चालन गरेको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम(पूर्व) का प्रमुख विष्णुहरी आचार्यले जानकारी दिनुभयो ।

पाँच दिनसम्म सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित त्रिभुवन जनता मावि पोखरामा बिहान ५ बजेदेखी ७ बजेसम्म योग कार्यक्रम गरिएको थियो । योग शिविरमा तिन सयको हारहारीमा मानिसहरुले सहभागिता जनाएका थिए ।