रुकुम (पूर्व) मा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ बगरमा वेवारिसे अवस्थामा रहेको मह जस्तो देखिन अखाद्य वस्तुलाई प्रहरीले नियन्त्रणमा ल्याई नष्ट गरेको हो । शनिबार भूमे २ स्थित इलाका प्रहरी चौकी काक्रिको टोलिले गस्तिको क्रममा ८ वटा पहेलो जरकिनमा र १६ वटा सानो प्लास्टिको डिब्बामा राखेको अवस्थामा नक्कली मह फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
उक्त नक्कली महलाई आइतबार सरोकारवाला निकायहरुको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार यस्तो नक्कली मह बनाई बिक्री वितरण तथा अन्य प्रयोजनले नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले सो कार्य कसले किन र कहिलेदेखी ग¥यो, यसमा कोको संलग्न छन भनी अनुसन्धान भैरहेको छ ।
यो भन्दा पहिले पनि ८० किलो भिर मौरिको मह जिल्लाभित्रै वेवारिसे अवस्थामा फेला परेको थियो । त्यसलाई जिल्लाको डिभिजन वन कार्यालयमा पठाइ परिक्षणपछि लिलाम गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।