रुकुम पूर्वः भूमे गाउँपालिकाले भूमे पर्वको अवसरमा जेठ ३२ गते (विहिवार) सार्वजनिक विदा दिने भएको छ । गाउँकार्यपालिकाको जेठ १२ गतेको बैठकले ३२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले एक सूचना जारी गर्दै गाउँपालिकाभर रहेका शिक्षण संस्था र सरकारी कार्यालयमा बिदा दिन लागिएको जानकारी दिनुभयो ।

भूमे पर्वको अवसरमा फूल टिप्ने तथा गाउँ टोल अनुसार फरक फरक दिनमा भूमे पूजा गर्ने चलन भएको हुदाँ जेठ ३२ गते सार्वजनिक विदा दिइएको सूचनामा भनिएको छ । भूमि पुजा गरे प्राकृतिक विपतबाट बच्ने जनविश्वास रहि आएको छ ।

सोही विश्वासका साथ पूजा गरि मनाइने यो पर्व रुकुम पूर्वका मगर समुदायको ठुलो पर्व हो । यसै पर्वलाई विशेष बनाउन लुम्बिनी प्रदेश सरकारले रुकुम पूर्व र रोल्पामा असार १ गते सार्वजनिक विदा दिदै आएको छ ।