रुकुम पुर्व: सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार  नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।