रुकुमकोट: चालू आर्थिक वर्ष २०७९।०८० मा गाउँपालिकाबाट कार्यान्वयन भइरहेका योजनाहरुको समयमै  निर्माण सम्पन्न गरी भुक्तानी लिन सिस्ने गाउँपालिकाले अनुरोध गरेको छ । असार २० गतेभित्र भुक्तानी लिन गाउँपालिकाले सूचना मार्फत अनुरोध गरेको हो ।                                                                             

भौगोलिक अवस्थासँगै प्रतिकूल मौसमको कारण समय समयमा आउने इन्टरनेट सेवाको अवरोध, आर्थिक बर्षको अन्त्यमा भुक्तानी सिस्टम(System) मा चाप भई भुक्तानी प्रक्रिया जटिल हुने हुँदा भुक्तानीको समयाबधी सकिनु अगाबै भुक्तानी लिन पालिकाबाट जारी भएको सूचनामा भनिएको छ ।
प्रक्रिया पुर्याइ समयमा कागजात पेश नभएमा वा प्रक्रिया नपुर्याइ कागजात पेश भएमा सोको भुक्तानी नगरिने र जवाफदेहि पनि नहुने प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष समाप्त हुनुभन्दा एक हप्ताअघि भुक्तानी गरी  निकासा र खर्चको अध्यावधिक गर्नुपर्ने प्रवाधान रहकाले समयमै निर्माण सम्पन्न गरी भुक्तानीको प्रक्रियामा आउन पालिकाले आग्रह गरेको हो ।