
रुकुम पुर्व: पुथाउत्तरगङगा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले गएको जेठ ९ गते १६ औ गाउँसभाको तेस्रो बैठकमा आगामी वर्षको बजेट पेश गर्नुभएको थियो ।
शनिबार गाउँपालिका केन्द्र तकमा बसेको १६ औ गाउँसभाको चौथो बैठकले बुढाले पेश गर्नुभएको बजेटमाथि सामान्य छलफल गरी बजेट पारित गरेको हो । गाउँसभाबाट आर्थिक वर्ष २०८०/०८१ का लागि ४८ करोड ६९ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरिले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु खर्चका लागि ३६ करोड १७ लाख १२ हजार र पुजिगत खर्चका लागि १२ करोड ५२ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ ।
पुथा उत्तरगङगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशु, सडक, पूर्वाधार विकास, आयआर्जन र पर्यटन क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिएको छ ।