रुकुम(पूर्व) को सिस्ने र भूमे गाउँपालिकामा सञ्चालन भएका विभिन्न कृषिका योजनाहरुको अनुगमन गरिएको छ । एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) द्धारा तेस्रो चौमासिकमा सञ्चालन भएका विभिन्न योजनाहरुको जिल्लास्तरीय टोलीबाट संयुक्त रुपमा अनुगमन गरिएको हो ।
भूमे गाउँपालिका ४ साकिममा साकिम कृषक समुहको कृषि आयआर्जन कार्यक्रम अन्तर्गतको टमाटर खेतीको अनुगमण गरिएको छ । भूमे गाउँपालिका १ नम्बर वडामा लुकुम बहुउदेश्यिय कृषक समुहको बंगुर पालन कार्यक्रम, भूमे १, २ र ३ को बंगुर ब्लक समन्वय समिति अन्तर्गत बंगुर ब्लक कार्यक्रमको संयुक्त रुपमा अनुगमण गरिएको छ ।
यसैगरी भूमे गाउँपालिका ६ महत अन्तर्गत कोइचा पर्वतीय बहुउदेश्यिय सहकारी संस्थामार्फत निर्माण गरिएको आलु भण्डारणको लागि रष्टिक स्टोर, अनिल बहुउदेश्यिय पशुपन्छि फर्ममार्फत सञ्चालित कुखुरा पालन कार्यक्रम, भूमे ७ को धर्मशाला बहुउदेश्यिय कृषक समुह र छेलो फाल्ने बहुउदेश्यिय कृषक समुहद्धारा सञ्चालित तोकिएको बंगुरपालन कार्यक्रमको अनुगमण गरिएको छ । साथै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम(पूर्व) रोल्पा कार्यालयद्धारा गुनाममा सञ्चालीत आलु जोन कार्यक्रमको पनि अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा आफुहरुको थोरै लगानी र कार्यालयको धरै लगानीमा व्यवसायको थालनी गर्न पाउदा किसान खुसी देखिन्थे । किसानले आफुहरुको लागि सरकारले गरेको लगानी खेर जान नदिने बताएका छन् । अनुगमनको क्रममा एकिकृत कृषि तथा पशशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले कामअनुसारको भुक्तानीको काम पनि सकिएको बताउनुभयो । किसानलाई यो लगानी खेर जान नदिन र यसलाई अवसरको रुपमा लिएर प्रतिफल लिन बस्नेतले आग्रह गर्नुभएको छ ।
अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढासहित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, उद्योग बाणीज्य संघका अध्यक्ष, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।