
रुकुमकोट: लुक्ला बाट उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
उहाका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।