नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) माओवादी केन्द्र सिस्ने गाउँपालिका समितिले नेकपा माओवादी केन्द्रिय सल्लाहकार समिति सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि स्वर्गिय सिता दाहालको श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरेको छ ।
सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहमा एक कार्यक्रमको आयोजना गरि स्वर्गिय सिता दाहालको फोटोमा अबिर र पुष्प गुच्छा अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ । श्रद्धाञ्जली सभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठले स्वर्गिय क. सिता दाहालले पार्टीमा खेलेको भूमिका अहम रहेको र उहाँको मृत्युले पार्टी परिवारलाई अत्यन्तै क्षती गरेको बताउनुभयो ।
सिता दाहाल प्रधानमन्त्रीको पत्नी भएर पनि कहिलै तडकभडक नदेखाएको र शक्ति, सत्ताको धाक, आडमा नराम्रो काम कहिल्यै नगरेको बताउदै उहाँबाट यस्ता कुरा सबैले अनुशरण गर्नुपर्ने केन्द्रिय सदस्य क्षेष्ठले बताउनुभयो । शोकसभा कार्यक्रममा केन्द्रिय सदस्य श्रेष्ठसहित प्रदेश सदस्य एवम् सिस्ने गाउँपालिका पार्टी इन्चार्ज कृष्ण रेग्मि, प्रदेश सदस्य तिर्था पुनलगाएत पार्टी गाउँ समितिका पदाधिकारी, सदस्य, वाइसियल, युवा लगाएतको उपस्थिती रहेको थियो ।
६१ वर्षिया सिता दाहालको २०८० असार २७ गतेका दिन निधन भएको थियो ।