रुकुम पूर्वलाइ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाघोषणा गरिएको छ । गएको आर्थिक वर्षमा स्वास्थ्य कार्यालय रुकुम पूर्वलाइ पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । यस वर्ष रुकुम पूर्वलाइ सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।  लुम्बिनी प्रदेशसभा सदस्य दिलकुमारी बुढाले ब्यानर पढेर तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

जिल्लाको खोपको अवस्थाको बारेमा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चैधरीले जानकारी गराउनुभएको थियो । यस जिल्लालाई २०७८ साल असोज १३ गते पूर्ण खोपयुक्त जिल्ला घोषणा गरियो । प्रत्येक वर्ष जन्मेदेखी १५ महिनासम्ममा लगाउने १३ प्रकारका खोप लगाएका छन् या छैनन् भनी सुनिश्चितताका लागी १६ देखी ५ वर्षको बालबालिकाको घरधुरी सर्वेक्षण गरी छुट भए नभएको एकिन गरी वडास्तरीय खोप समन्वय समितिबाट सुनिश्चित भइ पालिकास्तरीय सुनिश्चितता गरिएको थियो । त्यसपछि जिल्लाबाट नमुना सर्वेक्षण गरी जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यविधिअनुसार आज जिल्लालाई दिगोपना घोषणा गरिएको हो ।

रुकुम पूर्वमा रहेका जन्मेदेखी ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाले सम्पूर्ण १३ प्रकारका खोपको मात्रा पाइसकेपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । आर्थक वर्ष २०७९/८० मा जिल्लाको कुल जनस‌‍ख्या ५८ हजार ७ सय ८६ रहेकोमा गत वर्ष खोप लगाउने लक्षित जनस‌ंख्या जन्मेदेखी १२ महिनासम्मका बालबालिका १ हजार १ सय ८६ जना र १२ महिनादेखी २३ महिनासम्मका बालबालिका १ हजार १ सय ९२ जना रहेका थिए । यसमा १ हजार ६६ जना बालबालिकालाई बिसिजी, १ हजार ८९ लाई दादुरा १, १ हजार ४२ जनालाई दादुरा २ खोप लगाइएको थियो । यो लक्षको ९० प्रतिशत थियो ।

यसै वर्षमा वडास्तरमा घरधुरी सर्वेक्षण गर्दा जन्मेदेखी १५ महिनासम्मका १ हजार २ सय ७८ जना र १६ महिनादेखी ५ वर्षसम्मका २ हजार ४ सय ८६ जना सबै बालबालिकालाई खोप  लगाएको पाईएको थियो । त्यसपछी जिल्लालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

रुकुम पूर्वमा एउटा वडामा एउटा स्वास्थ्य संस्था रहनेगरी १५ वटा वडामा स्वास्थ्यचौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १५ वटा आधारभूत स्वास्थ्यकेन्द्र र ९ वटा अतिरिक्त सामुदायिक स्वास्थ्यकेन्द्र छन् । जिल्लामा एउटा प्रदेशस्तरीय ५० बेडको प्रदेशस्तरीय अस्पताल र एउटा आयुर्वेद स्वास्थ्यकेन्द्र, स्वास्थ्य कार्यालय गरी जम्मा ४३ वटा स्वास्थ्य संस्था छन् । ५५ वटा खोप क्लिनिक, ३२ वटा गाउँघर क्लिनिक, १ सय ७८ स्वास्थ्य जनशक्ति, १ सय ४२ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् । यस्तै विभिन्न गैर सरकारी संघसंस्थाहरुले पनि स्वास्थ्यको क्षेत्रमा विभिन्न काम गर्दै आएका छन् ।

वि स २०३४ सालदेखी बिसिजी, डिपिटी गरी चार प्रकारको खोप तिन जिल्लाबाट सुरु भइ २०४५ साल सम्म पुग्दा ६ प्रकारको खोप सबै जिल्लामा विस्तार भयो । हाल नेपालमा १३ प्रकारको रोग विरुद्ध ७ पटक खोप लगाइन्छ । जसबाट बिरामी, अपाङ्गता तथा मृत्यु हुनबाट बचाउने नेपाल सरकारकै सबै भन्दा बढी प्राथमिकता प्राप्त लागत प्रभावकारी कार्यक्रमको रुपमा पहिचान बनाउन सफल भएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य दिलमकुमारी बुढाको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद घिमिरे सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख एव् प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव् प्रतिनिधी,जिल्लास्थित स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगाएतको उपस्थिती रहेको थियो । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निमप्रसाद गिरिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जनस्वास्थ्य निरिक्षक श्याम चैधरीले गर्नुभएको थियो ।