
रुकुमकोट: रुकुम पूर्वको सिस्ने गाउँपालिकाले काठ दाउरा संकलनका लागि इच्छुक फार्म, व्यक्ति तथा कम्पनीलाई दररेट उपलब्ध गराउन सूचना आह्वान गरेको छ । सिस्ने गाउँपालिका क्षेत्र भएर बग्ने सानीभेरी नदिमा आउने काठ दाउरा उकास्न तथा संकलनका लागि दररेट सम्बन्धी सूचना आह्वान गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सिस्ने गाउँपालिकाको ढुङगा, गिट्टी बालुवा तथा पानीभित्रको काठ दाउरा सङ्कलन र निकासीका लागि सूचना आह्वान गरिएको गाउँपालिकाले बताएको छ ।
नदीको काठ दाउरा संकलन तथा जम्मा गर्न न्यूनतम दररेट रू ०.५० प्रति किलोग्राम तोकिएको छ । जसअनुसार सानीभेरी नदीको दुबै तर्फको किनारालाई संकलन क्षेत्रको रुपमा तोकिएको छ ।
गाउँपालिकाले स्वीकृत प्रारम्भिक वातावरणीय प्रतिबेदनको अधिनमा रहि आर्थिक वर्ष ०८०/८१ को आन्तिरक आय सम्बन्धी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले काठ दाउरा संकलनका लागि तोकिएको न्यूनतम दररेट घटबढ नहुने गरि उपलब्ध गराउन सूचनामा भनिएको छ ।
काठ दाउरा संकलनका लागि फार्म, व्यक्ति तथा कम्पनीले बुझाएको दररेट अनुसार साउन ८ गते न्युनतम मूल्यबाट कबुल तथा सम्झौता (डाँक बढाबढ) गाउँपालिकामा हुने भएको छ ।