
रुकुमकोट: दिवा खाजा अब कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खुवाईने भएको छ । अघिल्लो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई खुवाउने गरिएको थियो । १ अर्ब बजेट अभाव भएकोले दिवा खाजा कटौती गर्नु परेको शिक्षा मन्त्रालय योजना महाशाखाका प्रमुख समेत रहनु भएका सहसचिव डा. हरि प्रसाद लम्सालले जानकारी दिनुभयो ।
उहाँकाअनुसार यसवर्ष ३२ लाख विद्यार्थीलाई मात्रै दिवा खाजाको व्यवस्था गर्न सकिने छ । त्यो ३२ लाख भनेको १ देखि ५ सम्मका विद्यार्थी मात्रै हो । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको छलफलमा उहाँले भन्नुभयो ६ कक्षाका विद्यार्थीलाई दिवा खाजा छैन । ड्रप आउट हटाउँदा कति पुग्छ योजना बनाइरहेका छौं ।
सरकारले कर्णालीका विद्यार्थीलाई दैनिक २० रुपैंया र अन्यत्र एक दिनको १५ रुपैंया खाजा खर्च दिने गरेको छ ।