रुकुमकोट: भूमे गाउँपालिका रुकुम पुर्वमा कार्यरत रहनु भएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठलाई बिदाई गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सुरुवा हुनु भएका श्रेष्ठलाई शुक्रबार बिदाइ गरिएको हो ।

स्थानीय तह स्थापना देखि हालसम्म भूमे गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नु भएका श्रेष्ठलाई गाउँपालिका र कर्मचारी मिलन केन्द्रले बिदाइ गरेका छन ।

गाउँपालिका कार्यालय खाबाङ बगरमा भुमे गाउँपालिकाले र कर्मचारी मिलन केन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा भव्य कार्यक्रमको आयोजना गरि श्रेष्ठको बिदाई गरेका हुन । श्रेष्ठ भूमे गाउँपालिका स्थापना भए देखि नै प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँले भुमे गाउँपालिकाको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ । बिदाई कार्यक्रममा मन्तव्य राख्ने ब्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भूमे गाउँपालिकाको चौतर्फी विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।

दुबै ठाउँमा भएको बिदाइ कार्यक्रममा श्रेष्ठको काम गर्ने शैली, जनप्रतिनिधि र कर्मचारीका बीचमा प्रस्तुत हुने खुबी, काम प्रतिको लगाव र इमानदारीताको प्रशंसा गरिएको थियो ।

बिदाई कार्यक्रममा उपस्थित जनप्रतिनिधि, कर्मचारी र स्थानीयले अविर आवरण, फुल माला र मायाको चिनो दिएर अधिकृत श्रेष्ठको बिदाइ गरेका हुन ।                                                             

कार्यक्रममा उपस्थित सबैले श्रेष्ठको आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए । कर्मचारी मिलन केन्द्रले  सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक रबिन्द्र श्रेष्ठ र नेपाल टेलिकममा कार्यरत रहेका चन्दन कुमार यादवलाई पनि शुक्रबार बिदाइ गरेको छ ।