नेपाल टे«ड यूनियन महासंघ रुकुम(पूर्व) को अध्यक्षमा लक्ष्मण घर्ती निर्वाचित हुनुभएको छ । आज रुकुमकोटमा भएको नेपाल टे«ड यूनियन महासंघ रुकुम(पूर्व) को प्रथम जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा प्रेमबहादुर खत्री, बालाराम विक, सचिवमा अशोक सुनार, सहसचिवमा प्रकाश नेपाली, तेजेन्द्र पुन र कोषाध्यक्षमा मौशमी शाह निर्वाचित हुनुभएको छ । सदस्यहरुमा केशव बराइली, नन्दराम माझकोटी, श्रीकुमार गौतम, कर्णबहादुर शाही, बालकुमारी पुन, साजन कौशल, तुलबहादुर मल्ल, दुरे रोका, तेजेन्द्र पुन र जुनबहादुर रहनुभएको छ ।
अधिवेशनबाटै २ जना भावना पुन र कुमार सुनारलार्ई प्रदेश प्रतिनिधि छनोट गरिएको छ । साथै सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकामा पालिका संयोजक पनि तोकिएको छ । सिस्ने गाउँपालिकामा गनेश शाह र पुथा उत्तरगंगा गाउँपालिकामा कर्मबहादुर शाहीलाई पालिका संयोजक तोकिएको छ । भूमे गाउँपालिकामा भने संयोजक पछि तोकिने बताइएको छ ।
नेपाल टे«ड यूनियन महासंघ रुकुम(पूर्व) को प्रथम जिल्ला सम्मेलनका संयोजक तेजेन्द्र बुढाको अध्यक्षतामा भएको जिल्ला अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् रुकुम(पूर्व) जिल्ला इन्चार्ज तेजबहादुर ओलीको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, नेपाल टे«ड यूनियन महासंघ केन्द्रका उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर ओली, नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य तथा सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मि, नेपाल टे«ड यूनियन महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त मल्ल, प्रदेश सदस्य राजेन्द्र सिंह, नरेन्द्र सिंह लगाएतको आतीथ्यता रहेको थियो ।