रुकुम(पूर्व) मा एक जना बगेर सानीभेरी नदिमा बेपत्ता भएका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ८ धपे घर भएका ३८ वर्षका छविलाल पुन मलामी गएको बेलामा सानीभेरी नदिमा बगेर बेपत्ता हुनुभएको रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गाउँकै छिमेकीको मृत्यु भएको र उहाँको मलामी गएको बेलामा लास जलाइसकेपछि चोखिन भनेर नदिमा नुहाउन जानुभएका पुन ढुङ्गामा चिप्लिएर बग्दा बेपत्ता हुनुभएको हो । यो घटना आज आइतबार दिउसोको हो ।

दिउसोबाटै प्रहरीको टोलीले पुनको खोजीकार्य जारी राखेपानी अहिलेसम्म फोला पार्न नसकिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । बर्खे झरीको कारण सानीभेरी नदिको बहाव बढेको कारण पनि पुनको खोजीकार्यमा समस्या भइरहेको उहाँको भनाई छ । रुकुम(पश्चिम) सँग पनि सहकार्य गरेर पुनको खोजी कार्यलाई जारी राखेको बताइएको छ ।