रुकुमकोटः मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा अवरुद्ध सडक एकतर्फी रुपमा सन्चालनमा आएको छ । अवरुद्ध बनेको सडक मध्याहन्न देखि सन्चालनमा आएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म रुकुम पूर्वका प्रहरी निरिक्षक सत्यबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

गएराति परेको अविरल वर्षाका कारण रुकुमकोट–खाबाङ खण्ड अन्तर्गत भूमे गाउँपालिका ४ स्थित काँडा बगरमा पहिरोले विहानै देखि सडक अवरुद्ध बनेको थियो ।

भूमे गाउँपालिका, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पहिरो हटाएपछि अवरुद्ध सडक खुलाइएको बुढाथोकीले बताउनुभयो । जेसिबिको सहयोगमा पहिरो हटाई एकतर्फि सडक खुलाइएको छ । प्रहरी निरिक्षक बुढाथोकीले भन्नुभयो सडकमा ठुला ठुला ढुङ्गा रोकिएका छन । ढुङ्गा हटाउने प्रयास गरिरहेका छौ ।

विभिन्न चुनौतिका विचमा पनि बाटो खुलाएर सवारी साधन गन्तव्यमा पठाएको उहाँले बताउनुभयो । दुईतर्फि सडक खुलाउन जेसिवि र सशस्त्र प्रहरीको प्रयास जारी रहको छ ।